दशरथ रंगशालामा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीविरुद्ध उत्कृष्ट पुनरागन गर्दै २–२ गोलको बराबरी खेलेपछि धनगढी शीर्ष स्थानमा उक्लिएको हो।
लिगमा अपराजित धनगढीको ४ खेलमा २ जित र २ बराबरीसहित अंक छ। समान खेलबाट ८ अंक नै जोडेको पोखरा थन्डर्स दोस्रो स्थानमा छ। यता, इलाम भने ३ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ।
खेलको पहिलो हाफमा धनगढीमाथि दबाब बनाएको इलामले २ गोलको अग्रता लियो । ४५औं मिनेटमा फोडे कमाराको गोलमा इलामले सुरुआती अग्रता लियो। पहिलो हाफमै इन्जुरी समयमा ओमार मासादाफी रहिमले गोल गर्दैै इलामको अग्रता दोब्बर बनाए।
तर, दोस्रो हाफमा धनगढीले उत्कृष्ट कमब्याक गर्दै खेलालाई २–२को बराबरीमा ल्यायो। ६९ औं मिनेटमा रिचर्ड ओसेईले गोल गर्दै धनगढीलाई खेलमा फकाए। उनले प्राप्त पेनाल्टीमा सहजै गोल गरे।
८३औं मिनेटमा आफिज ओलावालेले धनगढीका लागि बराबरी गोल गरे। उनले फोडे फोफानाको पासमा हेडिङमार्फत गोल गरेका थिए।