चितवनलाई हराउँदै ललितपुर एनएसएलको शीर्ष स्थानमा

10 Dec, 2023

लितपुर सिटी एफसी जारी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार साँझ भएको खेलमा चितवन एफसीलाई ३–१ले हराउँदै ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको हो।

लिगमा अपराजित रहेको ललितपुर २ जित र ३ बराबरीसहित ९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका धनगढी एफसी र पोखरा थन्डर्सको समान ८ अंक छ। चितनव भने ५ अंकसहित पाचौं स्थानमै छ।

चितवनविरुद्ध जित दिलाउन ललितपुरका लागि पापा इबुकेबेले २ गोल गरे भने विवेक पौडेलले पनि गोल गरे । चितवनका लागि रफिक अमिनुले गोल फर्काए।

१९औं मिनेटमा इबुकेबेको गोलबाट ललितपुरले सुरुआती अग्रता लियो। उनले दिनेश हेमजनको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो। ५७औं मिनेटमा विवेकले ललितपुरको अग्रता दोब्बर बनाए।

८९औं चितवनले गोल गर्दै खेलमा फर्किने प्रयास ग¥यो। उसका अमिनुले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए। लगत्तै ललितपुरले पेनाल्टी पायो भने चितवन १० खेलाडीमा समेटियो।

चितवनका उत्सव राईले रातो कार्ड पाए। सोही अवसरमा इबुकेबेले पेनाल्टीमा गोल गर्दै टिमलाई ३–१को जित दिलाए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]