एनएसएलमा पोखरा र काठमाडौं भीड्दै

11 Dec, 2023

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।

लिगमा अपराजित रहेको पोखराको नजर शीर्ष स्थानमा छ। ऊ आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा पुग्न चाहन्छ। यता, काठमाडौं पनि जित निकाल्दै शीर्ष चारमा फर्कन चाहन्छ।

चार खेलमा दुई जित र दुई बराबरी खेल्दै ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ भने काठमाडौं भने चार खेलमा १ जित र २ बराबरीसहित ५ अंक जोड्दै पाँचौ स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]