युएईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको थियो। आईसिसी क्रिकेट मैदान दुबईमा भएको खेलमा खराब ब्याटिङ गरेको नेपाल भारतसँग १० विकेटले पराजित भयो।
टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विनाक्षति भेट्टायो । भारतका लागि अर्शिन कुलकर्नीले ३० बलमा ५ छक्का प्रहार गर्दै ४३ रन बनाए भने आदर्श सिंहले १३ बलमा १३ रन बनाए।
त्यसका लागि पहिला ब्याटिङ गरेको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनउान सकेनन्। नेपालका लागि दसौं नम्बरमा ब्याटिङका लागि आएका हेमन्त धामीले सर्वाधिक ८ रन बनाउँदा अर्जुन कुमाल र दीपक बोहराले समान ७ रन बनाए। नेपालले १३ रन अतिरिक्त पाएको थियो।
नेपालको इनिङ धरासायी बनाउने क्रममा भारतका राज लिम्बानीले ९।१ ओभरमा ३ मेडनसहित १३ रन मात्र खर्चेर ७ विकेट लिए। यस्तै, आराध्य शुक्लाले २ तथा अर्सिन कुलकर्नीले १ विकेट लिए।
नेपाल यसअघिका पाकिस्तानसँग ७ र अफगानिस्तानसँग ७० रनले पराजित भएको थियो।
यो जितसँगै भारत सेमिफाइनल पुगेको छ। नेपाल भने जितिबिहीन हुँदै प्रतियाेगिताबाट बाहिरएकाे छ।