लिभरपुल रोकिँदा आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

18 Dec, 2023

आइतबार राति भएको खेलमा लिभरपुल बराबरीमा रोकिँदा आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति लिभरपुल म्यान्चेस्टर युनाइटेडसँग गोलरहित बराबरीमा रोकिँदा आर्सनल ब्राइन्टनलाई २–०ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।

जितसँगै आर्सनलले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ। आर्सनलकाे १७ खेलबाट ३९ अंक भएको छ भने लिभरपुलको ३८ अंक भएको छ ।

आर्सनललाई जित दिलाउन ग्याब्रियल जेसुसले ५३औं मिनेटमा सुरुआती गोल गरे। ८७ औं मिनेटमा काइ हार्भाट्जले गोल गरेपछि आर्सनले २–०ले विजयी भयो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]