सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

बराबरीपछि धनगढी शीर्ष स्थानमा, काठमाडौं चौथो स्थानमै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई सोमबार मुख्यमन्त्री कार्यलय हेटौंडामा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिद्वारा कर्मचारी समस्या समाधान लगायतका ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै । तस्बिरः मणिराज गौतम / रासस

जारी दोस्रो संस्करणको नेपाल सुपर लिगमा अघिल्लो सिजनका दुई फाइनलिस्ट धनगढी एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन्।

सोमबार दशरथ रंगशालामा १ घण्टा ढिलोगरी सुरु भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कराण खेल १ घण्टा ढिलो सुरु भएको थियो।

खेलमा धनगढीका लागि अहमद हिजाजीले गोल गरे भने काठमाडौंका किनगुए ओलिभरले गोल गरे। खेलमा दुवै हाफमा समान १ गोल भएको थियो।

काठमाडौंका डिफेन्सको गल्तीको फाइदा उठाउँदै हिजाजीले १५औं मिनेटमा धनगढीलाई अग्रता दिलाए। काठमाडौंका आन्द्रेश नियाको दिएको ब्याक पासको सदुपयोग गर्दै गोल गरेका थिए।

१ गोलले पछि परेपछि काठमाडौंले निरन्तर आक्रमण गरेको थियो। तर, पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफमा पनि काठमाडौं आक्रामक नै बनेको थियो। फलस्वरुप उसले ६५औं मिनेटमा बराबरी गोल फर्कायो। कोमिवन तोजिदिनोभको फ्रिकिकमा ओलिभरले हेडिङमार्फत गोल गरेका थिए।

त्यसपछि गोल नहुँदा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। यो बराबरीपछि धनगढी ६ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने काठमाडौं समान खेलबाट ९ अंकसहित चौथो स्थानमा छ।

1.3Kशेयर