जिरोनालाई उछिनेर रियल ला लिगाको शीर्ष स्थानमा

22 Dec, 2023

लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले रियल म्याड्रिडले एलभासेलाई १–० ले हराएर बिहीबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । नाचोलाई रातो कार्डमा गुमाएको रियल १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।

यसअघि शीर्षमा रहेको जिरोनाले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि रियलसामु अगाडि बढ्ने अवसर मिलेको थियो । रियलको १८ खेलबाट ४५ अंक छ भने जिरोनाको पनि समान खेलबाट ४५ अंक नै छ

बार्सिलोना भने ३८ अंकमा तेस्रो स्थानमा छ । अन्य खेलमा रियल मार्लोकाले ओसासुनालाई ३–२ ले हरायो भने काडिज र रियल सोसिडाडले गोलरहित बराबरी खेले ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]