पिएम कपमा गण्डकीको पहिलो जित, कर्णालीको लागतार दोस्रो हार

22 Dec, 2023

काठमाडौं चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ। आज ९शुक्रबार० मूलपानीमा भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै गण्डकी पहिलो जित दर्ता गर्न सफल भएको हो।

कर्णाली २० ओभरमा ६ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो। जितका लागि १४२ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि गौरी बोहराले २६ तथा तिर्सना विश्वकर्माले १९ रन बनाए। गण्डकीका तर्फबाट रचना चौधरीले २ तथा सुमन खतिवडा र ज्योत्सना मरासिनीले १र१ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ओपनर अञ्जली विश्वकर्मा र ज्योत्सनाको अर्धशतक मद्दतमा १४१ रन बनाएको थियो। १८ रन बनाउँदा ३ विकेट गुमाएको गण्डकीका अञ्जली र ज्योत्सनाले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

अञ्जली ४८ बलमा ५१ रन बनाउँदै १६औं ओभरमा र ज्योत्सना ४० बलमा ५० रन बनाउँदै खेल सकिन ३ बल बाँकी छँदा आउट भइन्। कर्णालीका यमुना थारु र अञ्जु गुरुङले २र२ विकेट हात पारे भने रश्मि १ विकेट लिन सफल भइन्।