सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ, फैसला आउने सम्भावना न्यून

27 Dec, 2023

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। गत आइतबार हेर्दाहेर्दैमा राखिएको मुद्दामा सुनुवाईका लागि पेसी तोकिएको छ।

गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफनो न्यायाधीश ढकालकै टेवलमा हुनेछ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए। बसह गर्ने वकिलहरु धेरै भएकाले आज पनि अन्तिम फैसला आउने सम्भावना भने न्यून छ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]