जारी दोस्रो संस्करणको नेपाल सुपर लिगमा आज दोस्रो क्वालिफायर हुँदैछ। साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको पोखरा थन्डर्स र तेस्रो स्थान रहेको ललितपुर सिटी एफसी आमने सामने हुँदैछन्।
लतिलपुर पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि दोस्रो क्वालिफायरमा आइपुगेको हो। यता, ललितपुर भने एलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई हराउँदै क्वालिफायरमा पुगेको हो।
ललितपुरविरुद्ध मैदान उत्रँदा नवीन न्यौपानेको प्रशिक्षणमा रहेको पोखरामा आत्मविश्वासको कमी हुन सक्छ । किनभने उसले पहिलो क्वालिफायरमा निकै पीडायायी हार व्यहोरेको थियो। उनले तीन पटकको अग्रता जोगाउन सकेको थिएन। यता, काठमाडौंविरुद्ध सानदार जित निकालेकाले ललितपुर भने आत्मविश्वासी हुनेछ।
लिग चरणको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल वास्तवमै निकै रोमाञ्चक र सनसनीपूर्ण रह्यो। निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा रह्यो।
पोखराका प्रशिक्षक न्यौपानेले भने जस्तै यसपल्टको प्रतियोगितामा सहभागी जति टिम छन्, सबै लगभग बराबर छ । त्यसैले जुन दिन जसले राम्रो खेल्छ, फाइनल पुग्ने उही टिम हो।