नेपाल प्रो क्लब च्याम्पियनसिपमा विभागीय टिम एपिएफ क्लब अन्तिम खेलमा जित निकालेर पनि लिग चरणबाटै बाहिरिएकाृे छ।
बिहीबार वीरगञ्जको नारायणी रंगशालामा भएको खेलका पार्सा क्लब ११ लाई ८ रनले पराजित गरे पनि एपिएफ सेमिफाइलन पुग्न असफल भएको हो।
एपिएफ पर्सा ११ सँगै रनरेटमा पछि परेपछि सेमिफाइलन पुग्न असफल भएको हो। दुवै टिमको समान ४ अंक भएपनि रनरेटमा अघि रहँदै पर्सा ११ सेमिफाइनल पुग्यो।
पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेटको क्षतिमा १२८ रन जोड्यो। उसका लागि कप्तान प्रदीप ऐरीले ५२ रन जोडे। उनले ४२ बलमा ५ चौका र २ छक्का हिर्काए।
बलिङमा पर्साका रन्जित कुमार र कप्तान सन्दीप लामिछानेले समान २ विकेट लिए।
१२९ रनको लक्ष्य पछ्याएको पर्साले ८ विकेटको क्षतिमा १२० रन मात्र जोड्यो। उसका लागि रुपेश सिंहले नटआउट ४६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा एपिएफका अभिनास बोहरा, रमेश कुर्मी र मौसम ढकालले समान २ विकेट लिए।
अब सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी र पर्सा तथा नेपाल पुलिस र वन्डर्स क्लब नोएडाबीच खेल हुनेछ।