दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हार व्यहोरोको छ। बक्सिङ डे टेस्टमा भारत इनिङ र ३२ रनले पराजित भयो।
भारतले पहिलो इनिङमा २४५ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा ४०८ रन बनाएको थियो। दोस्रो इनिङमा भारत १३१ रनमै अलआउट भयो।
दोस्रो इनिङमा भारतका विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
भारतलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ४, मार्कोे जेन्सनले ३ र कागिसो रबाडाले २ विकेट लिए।
पहिलो इनिङमा केएल राहुलको शतक मद्दतमा भारतले २४५ रन बनायो। राहुलले १३७ बलमा १४ चौका र ४ छक्का प्रहार गरे। यस्तै, विराट कोहलीले ३८ र श्रेयस ऐयरले ३४ रन बनाए। दक्षिण अफ्रिकाका रबाडाले ५ विकेठ लिए।
पहिलो इनिङमा दक्षिण अफ्रिकाले डिन इल्गरको शतक मद्दतमा ४०८ रन बनायो। उनले २७८ बलमा २८ चौका प्रहार गर्दै १८५ रन बनाए। यस्तै, मार्को जेन्सनले ८४ र डेभिड बेडिन्घमले ५६ रनको अर्धशतकीय पारी खेले ।
भारतका जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले दुई विकेट लिए।