क्रिकेटर सन्दीप लामिछाने जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी हठर गरेको हो।
दोषी ठहरिए पनि सन्दीपले जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने छन्।
तर त्यसका लागि सन्दीपलाई १० वर्षभन्दा कम जेल सजया हुनुपर्छ। सन्दीपको मुद्दामा सजाय तोक्न २५ गते इजालश तोकिएको छ।
कानून अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ। सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीसले गरेका छन्।
यो व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ति करणी गर्दा आकर्षित हुन्छ। यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ।
सजाय निर्धारणका लागि २५ गते अर्को पेशी तोकिएको छ। सो इजलाशको फैसलापछि सो विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन्। उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन्। फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउँछन्।
पूर्णपाठ आएको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ। सन्दीपले पुनरावेदन गरेपछि त्यसको फैसला नआउञ्जेल उनी जेल जानु पर्दैन। उच्च अदालतले उनलाई निर्दोष ठहर गरेमा जिल्लाको फैसला लागू हुनेछैन।