इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो।
सिटीको जितमा रोड्री र जुलिनय अल्भारेजले गोल गरेका थिए। सिटीले दुवै हाफमा समान १ गोल गरेको थियो।
खेलमा सिटीले १४औं मिनेटमा रोड्रीको गोलमा सुरुआती अग्रता लियो। ६१औं मिनेटमा अल्भारेजले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।
यता, म्यानचेस्टरकै अर्र्को क्लब युनाइटेड भने पराजित भयो। यो सिजन निकै खराब लयबाट गुज्रिरहेको युनाइटेठ नटिङ्हम फरेस्टसँग २–१ले पराजित भयो।
निकोलस डोमिनगुएजले गोल गर्दै ६४औं मिनेटमा नटिङ्हमलाई अग्रता दिलाएका थिए। ७८ औं मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई बरबरीमा ल्याए । तर, ८२ औं मिनेटमा मोर्गन गिब्सले गोल गरेपछि नटिङ्हमको जित पक्का भयो।
जितसँगै १९ खेलमा ४० अंक जोड्दै सिटी अर्सनललाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। सेफिल्ड भने ९ अकंसहित पुछारमा छ। यता, नटिङ्हम २० अंकसहित १५औं स्थानमा उक्लिँदा युनाइटेड ३१ अंकसहित सातौं स्थानमा छ।