रुडिगरको गोलमा रियल शीर्ष स्थानमा

4 Jan, 2024

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। बुधबार राति भएको खेलमा खेलमा एन्टोनियो रुडिगरको निर्णायक गोल मद्दतमा रियलले मालोर्कामाथि १–०को जित निकाल्यो।

यो जितसँगै रियलले आफूलाई शीर्ष स्थानमै राखेको छ। १९ खेलमा ४८ अंकसहित रियल शीर्ष स्थानमा छ। जिरोना ४८ अंकसहित नै दोस्रो स्थानमा छ। मालोर्का भने १८ अंकसहित १४औं स्थानमा छ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७८ औं मिनेटमा लुका मोड्रिचको कर्नरमाट रुडिगरले हेडिङमार्फत गोल गर्दै रियललाई जित दिलाए।

रियाल सबै प्रतियोगिता गरी लगातार १८ खेलमा अपराजित छ।

यस्तै, अन्य खेलमा ग्रानडाले काडिचलाई २–०ले हराउँदा सेल्टाभिगोले रियल बेटिसमाथि २–१को पुनरागमन जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]