नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
क्यानले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।
नेपालले आइसिसी विश्वकप लिग दुई, त्रिकोणात्मक टी–२० सिरिज, एकदिवसीयल सिरिज र नेपाल प्रिमियर लिगलाई क्यालेन्डरमा समेटेको छ।
नेपालले फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। लगत्तै नेपालले नामिबीया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि–२० सिरिज खेल्ने छ। यो सिरिज फेब्रुअरी २७ देखि मार्च ५ सम्म हुनेछ।
त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्ने क्यानले जनाएको छ।
यसैगरी क्यानले मंसिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ। मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानका सचिव पारस खड्काले बताए।
नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि क्यालेन्डरमा समावेश गरिने सचिव खड्काले बताए।