गुन्डोगानको गोलमा बार्सिलोना विजयी, सेभिया पराजित

5 Jan, 2024

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। शुक्रबार राति भएको खेलमा इल्के गुन्डोगानको निर्णायक गोल मद्दतमा बार्सिलोनाले लस पाल्मसमाथि २–१को जित निकाल्यो।

घरेलु मैदानमा मुनिर अल हदादीले १२औं मिनेटमा लस पाल्मसलाई सुरुवाती अग्रता दिलाएका थिए। ५५औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।

बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयमा गुन्डोगानले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

डिबक्समा गुन्डोगानलाई धकेलेपछि लस पलमसका डाले सिन्कग्रेभनले रातो कार्ड पाए भने बार्सिलोनाले पेनाल्टी पाएको थियो। सोही अवसरमा गुन्डोगानले गोल गरेका थिए।

जितपछि बार्सिलोना १९ खेलबाट ४१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। लस पाल्मस १९ खेलबाट २५ अंकसहित दशौँ स्थानमै छ।

यस्तै, शुक्रबार राति नै भएको अर्को खेलमा सेभिया पराजित भएको छ। सेभियान एथ्लेटिक विल्वाओसँग २–०ले पराजित भयो। ला लिगामा विल्वाओ ३८ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने सेभिया १६ अंकसहित १६औं स्थानमै छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]