पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा अस्ट्रेलियाको ‘क्लिनस्विप’

6 Jan, 2024

अस्ट्रेलियाले पाकिस्तानविरुद्धको तीन टेस्टको सिरिज ३–० ले जित्दै क्लिन स्विप गरेको छ।

तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलिया सजिलै आठ विकेटले विजयी रह्यो। जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दुई विकेट गुमाएर सजिलै त्यहाँसम्म पुगेको थियो ।

खेल चौथो दिनको दोस्रो सेसनमै सकिएको हो। पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय १५ रनमै समेटिएपछि अस्ट्रेलियाको सजिलो जित सम्भव भएको हो । घरेलु टिमका लागि मार्नस लबुसेन ६२ र स्टिभ स्मिथ चार रनमा नटआउट रहे।

यसअघि आफ्नो अन्तिम टेस्ट खेलिरहेका डेविड वार्नरले ५७ रन बनाए। पाकिस्तानले पहिलो इनिङ्समा ३ सय १३ रन बनाएपछि जवाफमा अस्ट्रेलियाले २ सय ९९ रन जोडेको थियो।

अस्ट्रेलियाले पर्थमा भएको पहिलो टेस्ट ३ सय ६० र मेलबर्नमा भएको दोस्रो टेस्ट ७९ रनले जितेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]