सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

बर्नलीलाई हराउँदै टोटनहम चौथो चरणमा

पेड्रो पोरोको उत्कृष्ट गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिग क्लब प्रतिद्वन्द्वी बर्नलीलाई १–० ले पराजित गर्दै शुक्रबार एफएकपको चौथो चरणमा प्रवेश गरेको छ । पोरोले ७८ औं मिनेटमा निर्णायक गोल गरे ।

सन् २००८ यता टोटनहमले कुनै उपाधि जित्न सकेको छैन् । तर यसपल्ट भने कम्तीमा कप उपाधिका लागि बलियो प्रत्यासी देखिएको छ ।

तेस्रो चरणको अर्को खेलमा फुहमले दोस्रो डिभिजनको च्याम्पियनसिप क्लब रोथरह्यामलाई १–० ले हरायो । यस्तै ब्रेन्टफोर्ड र उल्भ्सले भने १–१ को बराबरी खेले । यी दुई टिमबीच चौथो चरण पुग्नेको निर्णयका लागि अब रि–म्याच खेल्नु पर्नेछ।

1.3Kशेयर