चेल्सी एफए कपको चौथो चरणमा

7 Jan, 2024

चेल्सीले एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा प्रिस्टोन नर्थ इन्डलाई ४–०ले हराउादै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो।

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र इन्जो फर्नान्डेजले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै चेल्सीले दोस्रो हाफमा गरेको हो।

मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै ५८औं मिनेटमा चेल्सीलाई अग्रता दिलाए। ६६ औं मिनेटमा कोल पालमरको पासमा सिल्भाले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो।

स्टर्लिङले ६९औं मिनेटमा गोल गर्दा ३–० को अग्रता लिएको चेल्सीका लागि ८५औं मिनेटमा फर्नान्डेजले गोल गरे।

एफए कपको अनय खेलमास्वेन्से सिटीले मोरकम्बलाई २–० ले हराउँदा एस्टन भिल्लाले मिडिलवर्गलाई १–० ले हराउँदै चौथो चरणमा स्थान बनायो।

यस्तै, न्युसकासल, स्टोक सिटी, प्लेमाउथ, बर्नमाउथ, सेफिल्ड युनाइटेड, बल्याकवर्न, वाटफोड र लेस्टर सिटी पनि आ–आफ्नो खेल जित्दै चौथो चरणमा प्रवेश गरेका छन्।