अभ्यास खेलमा नेपाली यू–१९ टिमले नामिबियालाई हरायो

12 Jan, 2024

विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली यू–१९ टिमले अभ्यासले खेलमा लागतार दोस्रो जित निकालेकोछ।

पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको नेपालले बिहीबार राति नामिबियामाथि ६ विकेटको जित निकाल्यो।

वर्षाका कारण खेल ३० ओभरमा घटाइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबिया १ बल बाँकी छँदा १३५ रनमै अलआउट भयो।

उसका लागि भोलसेकले ५० रन बनाए पनि अन्यले गतिलो योगदान दिन सकेनन्। नामिबियालाई रोक्ने क्रममा गुल्सन झा र आकाश चन्दले समान ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४१ रन बनाएइको थियो। नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाउँदा आकाश त्रिपाठीले २१ रन बनाउँदा विपिन रावलले २० रन बनाएका थिए।

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह डी मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २६ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।

प्रतियोगिता सुरु हुनुअघि नेपालले स्कटल्यान्डसँग शनिबार र मंगलबार वेस्टइन्डिजसँग औपचारिक वाम अप खेल खेल्नेछ।