बार्सिलोना सुपर कपको फाइनलमा, उपाधि भीडन्त रियलसँग

12 Jan, 2024

डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ। बिहीबार राति साउदी अरेबियामा भएको खेलमा ओसासुनालाई २–०ले हराउँदै बार्सिलोना लागतार दोस्रो पटक फाइनलमा पुगेकोहो।

बार्सिलोनालाई जित दिलाउन रोबर्ट लोवान्डोस्की र लामाइन यमालले गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५९औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमालले गोल गरेपछि बार्सिलोना २–०ले विजयी भयो।

अब बार्सिलोनाले सुपर कपको उपाधिका लागि रियल मड्रिडसँग खेल्नेछ। रियल बुधबार राति एट्लेटिको मड्रिडलाई ५–३ले हराउँदै फाइनल पुगेको हो।

फाइनल आइतबार राति हुनेछ। अघिल्लो सिरिजन रियललाई ३–१ले हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]