सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एसिसी प्रिमियर कप ओमानमा हुने

एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा एसीसी प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको छ

एसीसीले बिहीबार वर्ष २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कप ओमानमा हुने जनाएको छ। प्रतियोगिता अप्रिल १० देखि २३ सम्म हुनेछ।

प्रतियोगितामा साविक विजेता नेपालसहित एसियाका १० एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। याे पटक प्रतियाेगिता टी-२० फर्म्याटमा हुनेछ। जुनमा अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुने भएकोले प्रिमियर कप पनि सोही फर्म्याटमा हुन लागेको हो।

जसमा साविक विजेता नेपालसहित युएई, ओमान, हङकङ, कुवेत, मलेसिया,बहराइन, कतार र एसीसी च्यालेन्जर कपबाट छनोट भएर आउने दुई टोली हुनेछन् ।

जनवर २७ देखि फेब्रुअरी ११ सम्म थाइल्याण्डमा हुने च्यालेन्जर कपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

गत वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपमा नेपालले युएईलाई हराएर च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो। पहिलो पटक एसिया कप खेल्दा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो।

एसीसी प्रिमियर कपको विजेताले एसिया कप खेल्न पाउने प्रावधान भएकोले नेपालको लागि यो प्रतियोगिता महत्वपूर्ण छ। जहाँ टेष्ट राष्ट्रसँग खेल्न पाउनेछ। तर एसीसीको क्यालेन्डरमा एसिया कप बारे स्थान र मिति कुनै उल्लेख गरिएको छैन।

आगामी जुन १ देखि २९ सम्म आईसीसी टी-२० विश्वकप हुने तालिका रहेकोले पनि नेपालका लागि त्यसअघि खेल्ने प्रतियोगिताहरु राम्रो तयारी बन्न सक्छ।

1.3Kशेयर