पिएम कपमा रोहितको कप्तानीमा एपिएफको टिम

13 Jan, 2024

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि एपीएफ क्लबले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ। त्रिभुवन आर्मी क्लबबाट आएका रोहितले कप्तानको जिम्मेवारी पाएका हुन्।

रोहित नेतृत्वको एपीएफमा आसिफ शेख, प्रदीप ऐरी, सुकित महर्जन, भुवन कार्की, अमरसिंह रौटेला, लोकेश बम, प्रज्वल शाही, पुरण बिके, अविनाश बोहोरा, इर्शाद अहमद, रमेश कुर्मी, मौसम ढकाल, सन्दीप जोरा रहेका छन्।

यस्तै, रिजर्भमा यज्ञमान कुमाल, आयुसमान बम, निर्मल थापा र आयुस बानिया छन्।

एपीएफको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने राजेश श्रेष्ठ म्यानेजर रहेका छन्। यही प्रतियोगिताबाट ज्ञानेन्द्रले प्रशिक्षण करिअर थालेका हुन्।

प्रतियोगिता आजदेखि सुरु हुँदैछ। यसपटक सात प्रदेश र तीन विभागीय टोली गरी १० टोली सहभागी हुनेछन्। एपिएफले भोलि पहिलो खेल बागमति प्रदेशसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]