भर्खरै चोटबाट फर्किएका केभिन डे ब्रुयन चम्किएपछि प्रियिमर लिगमा म्यानचेष्टर सिटी विजयी भएको छ।
२० मिनेटमात्रै मैदानमा बिताएका डे ब्रयनले १ गोल र एक असिस्ट गरेको खेलमा सिटीले न्युकासलमाथि ३–२को पुनरागमन जित निकाल्यो।
बर्नान्डो सिल्भाले २६ औं मिनेटमा गोल गरे गर्दै सिटीलाई अग्रता दिलाए। तर, पहिलो हाफमै २ मिनेटमा २ उत्कृष्ट गोल गर्दै न्युकासलले खेलमा अग्रता लियो। उसका अलेक्जेन्डर इसाकले ३५औं र एन्थोनी गोर्डनले ३७औं मिनेटमा गोल गरेका थिए।
डे ब्रुयनले ७४औं मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काए। उनले रोड्रिको पासमागोल गरेका थिए। खेल बराबरीतर्फ उन्मूख भएका बेला डे ब्रुयनकै पासमा युवा विंगर ओस्कार बबले ९०औं मिनेटमा सिटीका लागि निर्णायक गोल गरे। प्रियिमर लिगमा उनको यो पहिलो गोल हो।
यो जितसँगै सिटी ४३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। अब शीर्ष स्थानको लिभरपुलभन्दा २ अंकले मात्र पछि छ। २९ अंकसहित न्युकासन १०औं स्थानमा छ।