एफए कपको तेस्रो चरणबाटै बाहिरियो वेस्टहम, वुल्भ्स अघिल्लो चरणमा

17 Jan, 2024

प्रिमियर लिग क्लब वेस्टहयाम एफए कपको तेस्रो चरण चरणबाटै बाहिरिएको छ।

मंगलबार राति च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीसँग १–०ले पराजित भएपछि वेस्टहम तेस्रो चरणबाटै बाहिरिएको हो।

तेस्रो मिनेटमा टमी कोनवेले माभ्रोपनोसको पासमा गरेको गोल नै ब्रिस्टलका लागि जित निकाल्यो।

सेड बेनरहमाले जो विलियम्सलाई फाउल गरेपछि ५१औं मिनेटमा डेभिड मोयेसको टोली १० खेलाडीमा सीमित भएको थियो।

यस्तै, वुल्भ्स ब्रेन्टफोर्डलाई ३–२ले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ। यी दुई बीचको तेस्रो चरणको खेल १–१को बराबरीमा सकिएपछि पुनः खेलिएको हो।

मंगलबार राति भएको खेलको निर्धारित समय पनि २–२ गोलको बराबरीमा सकिएको थियो। तर, थप गरिएको समयको २५औं मिनेटमा म्याथुस कुन्हाले गोल गर्दै वुल्भ्सलाई चौथो चरण पुर्‍याए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]