भारत र अफगानिस्तानबीचको टि–२० सिरिजको अन्तिम खेल निकै रोमाञ्चक बन्यो। खेलको नतिजा निकाल्न दुई सुपरओभर खेल्नु परेको थियो।
दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हराउँदै भारतले सिरिज क्लिनस्विप गरेको छ।
निर्धारित २० ओरमको खेलमा दुवै टिमले समान २१२ रन बनाएका थिए। पहिलो सुपर ओभरमा दुवै टिमले १६ रन बनाए। त्यसपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो।
जसमा भारतले अफगानिस्तानलाई ११ रनको लक्ष्य दिएको थियो । तर, रवि विस्नोइले उत्कृष्ट बलिङ गरेपछि अफगानिस्तान ३ बलमै १ रनमा आउट भयो।
पहिला ब्याटिङ गरेको भारतले निकै खराब सुरुआत गरेको थियो। एक समय भारत २२–४को दबाबपूर्ण अवस्थामा थियो। तर, त्यसपछि कप्तान रोहित शर्मा र रिंकु सिंहले १९० नआउट साझेदारी गर्दै अफगानिस्तानलाई २१३ रनको विहाल लक्ष्य दियो।
रोहितले ६९ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै १२१ रन बनाए। यस्तै, रिंकुले ३९ बलमा २ चौका र ६ छक्का मद्दममा ६९ रन बनाए। भारतले अन्तिम ओभरमा ३६ रन बनाएका थिए।
यो शतकसँगै रोहित टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन्। रोहितले ५ छक्का प्रहार गरेका छन्।
अफगानिस्तानका फारिद अहमदले ३ तथा अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए।
२१३ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले ३ खेलाडीको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा २१२ रन नै बनायो। उसका लागि गुल्बादिन नइबले २३ बलमा नटआउट ५५ रन बनाए भने भने रमनुल्लाह गुर्बाज र कप्तान इब्राहिम जद्रानले समान ५० रन बनाए।
भारतका वासिङ्टन सुन्दरले ३ तथा कुलदीप यादव र आवेश खानले समान १ विकेट लिए।