सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

कतार एसियन कपको अन्तिम नकअआउटमा

आयोजक कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेतासमेत रहेको कतारले ताजिकिस्तानलाई १० ले पराजित गरेसँगै कतार नकआउटमा पुगेको हो।

अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे। उनले १७औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।

लगातार दुई खेल जितेको कतार एक खेलअघि नै समूह ए को विजेता बन्ने पक्का भएको छ। दुई खेलबाट कतारको ६ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट चीनको २ तथा लेवानोन र ताजिकिस्तानको समान एक–एक अंक छ।

कतारले अब समूहको अन्तिम खेलमा चीनसँग खेल्नेछ।

1.3Kशेयर