अफ्रिका कप अफ नेसन्समा मोरक्कोको प्रभावशाली जित

18 Jan, 2024

उपाधिको दाबेदार मानिएको मोरक्कोले अफ्रिका कप अफ नेसन्स २०२३ मा बुधबार प्रभावशाली विजयी सुरुवात गरेको छ। उसले समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित तान्जानियालाई ३–० ले हरायो।

रोमेन सिसको गोलले अग्रता लिएको मोरक्कोका लागि एजेडिन आनाही र युसेफ एन नेसरीले एकरएक गोल थपे । खेलमा २० मिनेट बाँकी छँदा तान्जानियाले रातो कार्डमा नोभाटस मिरोशीलाई गुमाएको थियो ।

समूहको अर्को खेलमा कन्गो र जाम्बियाले १–१ को बराबरी खेले र दुवै समान एक अंकमा रहे।

मोरक्कोले सन् १९७६ मा एकै पल्ट मात्र एफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। उसले सन् २०२२ को पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]