साहब आलमले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट त्रिभुवन आर्मी क्लब विजयी भएको छ। साहबले ६ विकेट लिएपछि आर्मीले कोशी प्रदेशमाथि ९ विकेको फराकिलो जित निकाल्यो।
कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरको १ विकेट गुमाउँदै भेट्टायो। उसका लागि आर्मीका ओपनर सन्तोष कार्की र इमरान शेखले समान ३२ रन बनाउँदा कुशल मल्ल २२ रन बनाए।
त्यसअघि पहलिा ब्याटिङ गरेको कोशी साहबको घातक बलिङसामू २४.४ ओभरमा ८८ रनमा अलआउट भयो।
कोशी कप्तान अंकित सुवेदीले ४१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उनले ३७ बलमा ९ चौका प्रहार गरे। उसका ५ ब्याट्सम्यान डक आउट भएका थिए।
घातक बलिङ गरेका साहबले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए। यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए।
आलमले ६।४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए । १२।२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीले बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।
कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् । पाँच ब्याटर शुन्यमै आउट हुँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि आर्मीले मधेश प्रदेशलाई १२६ रनले हराएको थियो भने बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको थियो ।
कोशीको यो चौथो हार हो । पहिलो खेलमा मधेशसँग ७ विकेटले हारेको कोशी दोस्रो खेलमा एपीएफसँग ६ विकेट र तेस्रो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको हो ।