एसियन कप खेलिरहेको दक्षिण एसियाका एकमात्र टिम भारतले लगातार दोस्रो हार व्यहोरेको छ।
बिहीबार राति करातको अहमेद बिन अली रंगशालामा भएको समूहको दोस्रो खेलमा भारत उज्वेकिस्तानसँग ३–०ले पराजित भयो।
उज्वेकिस्तानले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको चौथो मिनेटमा अबोसबेकले हेडमार्फत् गोल गर्दै उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाए।
१८ मिनेटमा इगोर सेर्जिवले उज्वेकिस्तानको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा शेर्जोले उज्वेकिस्तानका लागि तेस्रो गोल गरे।
यसअघि पहिलो खेलमा भारतले अस्ट्रेलियासँग २–० को हार बेहोरेको थियो। अब भारतले समूहको अन्तिम खेलमा सिरियासँग खेल्नेछ।
लागतार दोस्रो हार व्यहोरोकाले भारतको नकआउट पुग्ने सम्भावना भने कमजोर बनेको छ।
समूहका शीर्ष दुई टिम अन्तिम १६ मा सिधा पुग्नेछन् भने तेस्रो हुने टिमको पनि अन्तिम १६ को सम्भावना हुनेछ।