एरिक विष्टले आई लिग खेल्ने, सिलोङ लाजोङमा आबद्ध

19 Jan, 2024

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार मिडफिल्डर एरिक विष्ट भारतमा व्यवसायिक फुटबल खेल्ने भएका छन्।

एरिक आई लिगको चर्चित क्लब सिलोङ लाजोङमा अनुबन्धित भएका छन्। सिलोङ लाजोङले समाजिक सञ्जालबाट एरिक क्लबलाई आबद्ध भएको जनाउँदै प्रशिक्षण समेत थालिसकेको उल्लेख गरेको छ।

नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण मिडफिल्डर एरिकले अघिल्लो महिनासम्पन्न नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

अप्रिलसम्म चल्ने लिगमा हाल सिलोङ पाँचौ स्थानमा छ। लिग बाहेक क्लबले हाल सुपर कप पनि खेलिरहेको छ। सुपर कपमा सिलोङले शनिबार जाम्सेदपुरसँग खेल्दैछ।

अहिले सिलोङ लाजोङ ११ खेलमा १९ अंक जोड्दै आई लिगको पाँचौं स्थानमा छ।

सिलोङबाट यसअघि नेपालका पूर्वकप्तान अनिल गुरुङले पनि आइ लिग खेलेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]