अविनाश बोहरा एक महिना मैदानबाहिर रहने

19 Jan, 2024

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा ब्याटिङका क्रममा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर अविनाश बोहरा एक महिना मैदान बाहिर रहने भएका छन्।

बिहीबार मधेश प्रदेशविरुद्ध ब्याटिङका क्रममा अविनाशको देव्रेहातको हल्तेकामा चोट लागेको थियो। चोटपछि उनले दोस्रो इनिङमा बलिङ गर्न सकेका थिएनन्।

अविनाशको बिहीबार नै बयोधा अस्पलतालमा शल्यक्रिया गरिएको छ। एपिएफका म्यानेजर राजेश श्रेष्ठले अविनाश १ महिना मैदान बाहिर रहने बताए।

अविनाश प्रतियोगिताबाट बाहिरिएपछि एपिएफले यज्ञमान कुमाललाई टिममा बोलाएका थिए। अविनाशको चोटसँगै फास्ट बलिङमा एपिएफ कमजोर बनेको छ। उसँग यज्ञमान र अमरसिंह रौटेला मात्र फास्ट बलर छन्। रौटेला पनि पार्टटाइम बलर हुन्

प्रतियोगितामा एपीएफ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]