सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

यू–१९ विश्वकप आजबाट, नेपालले आइतबार न्युजिल्यान्डसँग खेल्ने

दक्षिण अफ्रिकामा आजबाट यू–१९ विश्वकप क्रिकेट सुरु हुँदैछ। भविष्यका स्टार खेलाडी जन्माउने प्रतियोगिताका रुपमा लिएको यू–१९ विश्वकप अन्तिम समयमा श्रीलंकाबाट दक्षिण अफ्रिका सारिएको हो।

प्रतियोगितामा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल पनि सहभागी छ। ८ वर्षपछि यू–१९ विश्वकप खेल्न लागेको नेपालले पहिलो खेल आइतबार न्युजिल्याण्डसँग खेल्नेछ।

नेपाल रहेको समूह डिमा अफगानिस्तान र पाकिस्तान पनि छन्।

नेपालको दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग हुनेछ।

समूहको शीर्ष तीनमा रहन सके नेपाल अघिल्लो चरण पुग्ने छ।

1.3Kशेयर