डिफेन्डिङ च्याम्पियन सेनेगल अफ्रिकन कफ अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ।
शुक्रबार राति भएको समूहको दोस्रो खेलमा क्यामरुनलाई ३–१ ले हराउँदै सेनेगलले एक अघि नै नकआउटमा स्थान बनाएको हो।
सेनेगलको जितमा इस्माइला सार, हाबिबि डियालो र साडियो मानेले गोल गरे भने चार्ल्स कास्टेलेट्टोले गोल गरेका थिए।
१६औं मिनेटमा सारको गोलमा सेनेगलले सुरुआताी अग्रता लियो। पहिलो हाफको खेल १–०मै सकियो। डियालोले ७१औं गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए।
कास्टेलेट्टोले ८३औं मिनेटमा गोल गर्दै क्यामरुनलाई खेलमा फर्काउने प्रयास गरे। तर, इन्जुरी समयमा मानेले गोल गर्दै टिमलाई नकआउटमा पु¥याए।
जितपछि समूह सीमा सेनेगल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। सेनेगलले अब समूहको अन्तिम खेल मंगलबार गिनीसँग खेल्नेछ र उक्त खेलमा हार टारे समूह्य विजेता नै बन्नेछ।
शुक्रबार नै भएको अर्को खेलमा गिनीले गाम्बियालाई १–०ले हराएको थियो। यो जितसँगै गिनी ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। यता, पाँच पटक च्याम्पियन क्यामरुन भने एक अंकसहित पुछारमा छ।