जापानलाई हराउँदै इराक नकआउटमा, इरान पनि नकआउट पुग्यो

20 Jan, 2024

उपाधि दाबेदार जापानलाई स्तब्ध बनाउँदै इराक एसिनक कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार राति भएको खेलमा इराकले जपानलाई २–१ले स्तब्ध बनायो।

खेलमा इराकले अएमन हुसेनको गोलमा पाँचौ मिनेटमै अग्रता लियो । पहिलो हाफको इन्जुरी टायममा हुसेनले नै इराकको अग्रता दोब्बर बनाए। जापानका लागि खेलको इन्जुरी टाइममा वाटारु एन्डोले गोल गरेपनि हार टार्न पर्याप्त भएन।

यसअघि इन्डोनेसियालाई पराजित गरेको इराक लगातार दुई खेल जित्दै ६ अंकका समूह डीको शीर्ष स्थानमा छ। पहिलो खेलमा भियतनामलाई हराएको जापान ३ अंकसहित दोस्रो स्थानमा छ। अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध जित निकाले जापानले पनि नकआउट पुग्ने छ।

यस्तै, इरान पनि एसियन कपको नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा हङकङलाई १–०ले हराउँदै इरानले एकखेल बाँकी छँदै नकआउटमा स्थान बनाएको हो। उसका लागि मेहदी घायदीले २४औं मिनेटमा निर्णायक गोल गरे।

समूह सीमा ६ अंकसहित इरान शीर्ष स्थानमा छ भने युएई ४ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने अंकबिहीन हुँदै पुछारमा छ।

एसियन कपमा हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा छनोट हुनेछ भने तेस्रो हुने ६ मध्ये चार उत्कृष्ट टोली पनि अन्तिम १६ म पुग्नेछ।

आयोजक कतार र अष्ट्रेलियाले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]