इंग्लिस क्लब म्यानचेस्टर सिटीका नर्वेजित स्ट्राइरक एर्लिङ हालान्ड ग्लोब सकर अवर्डा जितेका छन्।
सन् २०२३मा सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिगसहित ट्रेबल जिताउन उलेख्य भूमिका खेलका हालान्ड वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
दुबईमा सम्पन्न १४औं वार्षिक अवार्ड समारोहमा एर्लिङ हालान्डलाई ग्लोब सकरको वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।
अवार्ड समारोहमा म्यानचेस्टर सिटीले दबदबा कायम गर्यो । उसका इडर्सनले उत्कृष्ट गोलकिपर, रोड्रिडले उत्कृष्ट मिडफिल्डर र पेप ग्वार्डिओलाले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते। ट्रेबल विजेता सिटी उत्कृष्ट पुरुष क्लब घोषित भयो।
सिटीका अध्यक्ष तथा यूएई निवासी खालदुन अल मुबारकले पनि उत्कृष्ट क्लब अध्यक्षको अवार्ड प्राप्त गरे।
हालान्ड यसअघि बालोन डेओर र द बेस्ट फिफा पुरुष खेलाडीको भोटिङमा लियोनेल मेस्सीसँग पराजित भएका थिए।
क्रिस्टियानो रोनाल्डो सर्वश्रेष्ठ मध्यपूर्वी खेलाडी र सर्वाधिक लोकप्रिय खेलाडी घोषित भए।