‘क्रिकेट विकासका लागि ग्रासरुटलाई प्राथमिकतामा राख्नुपर्छ’

20 Jan, 2024

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेटको विकासका ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

क्यानका पदाधिकारीलाई सम्मान गर्न गैरआवासीय नेपाल संघले अयोजना गरेको कार्यक्रममा पारसले नेपाली क्रिकेटको विकास लागि जिल्ला र प्रदेशको टिमलाई बलियो बनाउनुपर्ने बताए।

क्यानले क्रिकेटका संरचनालाई बलियो बनाउने काम गरिरहेको भन्दै उनले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्ने विश्वास व्यक्त गरे। नेपालले थोरै लगानीबाट पनि क्रिकेटमा धेरै सफलता पाएको भन्दै उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको औंल्याए ।

अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुःखद् पक्ष रहेको बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]