एसियन कपमा जोर्डनसँग रोकियो दक्षिण कोरिया

21 Jan, 2024

एसियाको पावरहाउस दक्षिण कोरिया एसियन गेम्समा बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलका कोरिया जोर्डनसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

खेलमा दक्षिण कोरियाका सन ह्युङ मिन र जोर्डनका यन्जन अल नाइतले गोल गरेका थिए भने दुवै टिमले एक–एक आत्मघाती गरेका थिए।

यही समूहेका अर्को खेलमा बहराइनले मलेसियालाई १–० ले हराएको छ। खेलको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा सम्भव भएको थियो र यो अलि मादनको नाममा रह्यो ।

बराबरीपछि जोर्डन र दक्षिण कोरिया दुवै चार अंकसहित शीर्ष दुईमा छन्। बहराइन भने तीन अंकसहित तेस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]