न्युजिल्यान्डविरुद्ध अर्जुन कुमालको अर्धशतक

21 Jan, 2024

यू–१९ विश्वकमा नेपाली ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन्।

दक्षिण अफ्रिकामा जारी न्युजिल्यान्डविरुद्धको खेलमा अर्जुनले ७३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरे।

अर्जुनको शतकका बाबजुद ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा परेको छ। ताजा अवस्थामा नेपाल ३०.३ ओभरमा १३३ रन बनाउँदा ७ विकेट गुमाएको छ।

अर्जुन ६१ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाउँदा दीपक बोहरा १५ रन बनाएर आउट भए।

न्युजिल्यान्डका मासन क्लार्कले ३ विकेट लिए।

त्यसअघि सेन्हिथ रेड्डीको १४७ रनको मद्दतमा न्युजिल्यान्डले ८ विकेटको क्षतिमा ३०२ रन बनाएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]