घरेलु मैदानमा हारपछि बायर्नलाई उपाधि होडमा धक्का

22 Jan, 2024

बुण्डेसलिगामा बायर्न म्युनिख घरेलु मैदानमै पराजित भएको छ। आइतबार राति भएको खेलमा बायर्न वेडर ब्रेमेनसँग १–० ले पराजित भएको हो।

आफ्नै क्लबका पूर्वडिफेण्डर मिचेल वाइजरले दोस्रो हाफमा गरेको गोलमा बायर्न घरेलु मैदानमा स्तब्ध बन्यो। उनले ५९औं मिनेटमा गोल गरेका थिए।

वेडरले सन् २००८ पछि पहिलो पटक बायर्नविरुद्ध अवे मैदानमा जित निकालेको हो। बायर्नका ह्यारी केनले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग हुन सकेन।

यो हारपछि साविक विजेता बायर्नको उपाधि होडमा धक्का लागेको छ र लिग लिडर बायर लेभरकुजनसँग अंकदूरी घटाउने मौका गुमेको छ।

लेभरकुजनभन्दा बायर्न ७ अंकले पछि छ। लेभरकुजनको १८ खेलबाट ४८ अंक छ। बायर्न १७ खेलबाट ४१ अंकसहित दोस्रोमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]