दाजुभाइको गोलमा बार्सिलोना कोपा डेल रेबाट आउट

25 Jan, 2024

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बुधबार राति भएको खेलका एथ्लेटिक बिल्बाओसँग ४–२ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।

निर्धारित ९० मिनेटमा २–२ बराबरी गोल गरेभएपछि खेल अतिरिक्त समयमा गएको थियो। बार्सिलोनालाई कोपा डेलरबाट आउट गराउन विलियम्स दाजुभाइले गोल गरे।

अतिरिक्त समयमा दाजु इनाकीले थप गरिएको समयको पहिलो हाफको अतिरिक्त समय र भाइ निकोले थप गरिएको समयको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए।

त्यसअघि खेलको पहिलो मिनेटमै बिल्बाओका गोर्क गुरूजेटाले गोल गरेका थिए। २० औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बराबरी गरेका थिए। ३२ औं मिनेटमा लमाइन यमलले गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले २–१ गोलले अग्रता लिएको थियो।

दोस्रो हाफको ४९ औं मिनेटमा बिल्बाओका ओइहन स्यान्चेटले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए। त्यसपछि दुबैतर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समय खेलाइएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]