यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध बलिङमा नेपाल, टिममा २ परिवर्तन

26 Jan, 2024

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको समूहको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरेको हो।

आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ। आजबाट खेल जित्ने टिम सुपर सिक्समा पुग्ने छन्। समूह चरणमा दुवै टिमले यसअघिका दुवै खेल हारेका छन्।

अफगानिस्तानविरुद्ध नेपालले टिममा २ परिवर्तन गरेकोछ। पाकिस्तानविरुद्ध खेलेका विकेटकिपर उत्तम रानामगर र तिव्रगतिका बलर दुर्गेश गुप्ता बाहिर राख्दै नेपालले मिडलअर्डडर ब्याट्सम्यान दीपपक बोहोरा र लेग स्पिनर तिलक भण्डारीलाई टिममा राखेको छ।

नेपाली टिम : अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल, दिपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, तिलक भण्डारी।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]