टोटनहमलाई हराउँदै सिटी एफए कपको पाँचौं चरणमा

27 Jan, 2024

म्यान्चेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलमा टोटनहमलाई उसकै मैदानमा १–०ले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो।

सिटीलाई जित दिलाउन नाथन एकेइले ८८औं मिनेटमा निर्णायक गोल गरे। खेलमा सिटीले टोटनहममाथि दबाबमा राखेको थियो। उसले १८ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो। यता, टोटनहमले एक मात्र सथ प्रहार गरेको थियो।

यस्तै, अन्य खेलमा चेल्सी र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन्। यस्तै, नटिङहम फरेस्टले ब्रिस्टल सिटीसँग गोलरहित बराबरी खेल्दा बर्नेमाउथले स्वान्सीलाई ५–०ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]