थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

27 Jan, 2024

थ्री स्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा भुटानी क्लब पारो एफसीलाई २–०ले हराउँदै थ्री स्टार सेमिफाइलनमा पुगेको हो।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटको समयमा परो एफसी माथि थ्री स्टार हावी भएको थियो।

थ्री स्टारको जितमा आशिष चापागाईं हिरो सावित भए। उनले थप गरिएको समयको २६औं मिनेटमा थ्री स्टारलाई अग्रता दिलाए। आशिषले नै २९औं मिनेटमा गोल गरेपछि थ्री स्टार विजयी भयो।

आइतबार हुने दोस्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लब भीड्ने छन्। बीच हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]