सेनेगल अफ्रिका कप अफ नेसन्सबाट बाहिरियो, आइभरीकोस्ट अन्तिम ८मा

30 Jan, 2024

डिफेन्डिङ च्याम्पियन सेनेगेल अफ्रिका कप अफ नेसन्सको अन्तिम १६बाटै बाहिरिएको छ।

सोमबार राति भएको खेलमा आइभोरीकोस्टसँग पेनाल्टी सुटआउटमा ५–४ले पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो।

निर्धारित सयमको खेल १–१ को बराबरीमा सकिएको थियो। थप गरिएको ३० मिनेटको समयमा थप गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा आइभोरीकोस्टका पाँचौं खेलाडीले गोल गर्दा सेनेगलका मौसा निखाटे गोल गर्न चुकेका थिए।

त्यसअघि खेलमा चौथो मिनेटमै सेनेगलले अग्रता लियो। उसका हबिब डियालोले गोल गरेका थिए। ८६औं मिनेटमा प्राप्त पेनाल्टीमा फ्रांक केसिइले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यस्तै, कोप भार्डे पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा उसले माउरिटानियालाई १–०ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]