यू–१९ विशवकप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल, विपिन २ रनमा आउट

31 Jan, 2024

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्सका पहिलो नेपालले नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस जितेर नेपाल ब्याटिङमा उत्रिएको हो। टिममा नेपालल्े दुई परिवर्तत गरेको छ।

समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेका तिलकराज भण्डारी र दिपक डुम्रेको स्थानमा नेपालले विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ।

बंगलादेशविरुद्ध नेपालले चौथो ओभरमा ओपनर विपिन रावललाई गुमाएको छ। विपिन १२ बलमा २ रन बनाएर आउट भए। उनी चौथो ओभरको पाँचौं बलमा स्लिपमा क्याच भएका थिए। ताज अवस्थामा नेपालले ४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा २० रन बनाएको छ।

समूहमा तेस्रो हुँदै सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको खेल नखेल्दै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ। सुपर सिक्सको नेपाल रहेको समूहमा भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपाल सेमिफाइनलमा नपुग्ने निश्चित भएको हो।

दुई अंक जोडेको बंगादेशको भने सेमिफाइनल पुग्ने सम्भावना छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]