सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

बंगलादेशविरुद्ध दबाबमा नेपाल, पावरप्लेमै गुमायो ३ विकेट

BLOEMFONTEIN, SOUTH AFRICA – JANUARY 31: Bipin Rawal of Nepal bats during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्सको पहिलो खेलमा नेपालले अहिले बंगलादेशको सामाना गरिरेको छ।

ब्लोमफोन्टेनमा बंगालदेशविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपाल सुरुआतमै दबाबमा परेको छ। नेपालले पावर प्लेमै ३ विकेट गुमाएको छ।

नेपालका अर्जुन कुमाल २६ बलमा १४ रन बनाएर आउट भए भने विपिन रावल १२ बलमा २ र आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर आउट भए। क्रिजमा कप्तान देव खनाल र पहिलो पटक टिममा परेका विशालविक्रम केसी छन्।

बंगलादेशका इक्बाल हुसेन इमोन, मरुफ मरिधा र रोहान बोर्सनले समान १ विकेट लिए।

ताज अवस्थामा नेपालले १० ओभरको समाप्तिमा ३४ रन बनाउँदा ३ विकेट गुमाएको छ।

समूहमा तेस्रो हुँदै सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको खेल नखेल्दै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ। सुपर सिक्सको नेपाल रहेको समूहमा भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपाल सेमिफाइनलमा नपुग्ने निश्चित भएको हो।

दुई अंक जोडेको बंगादेशको भने सेमिफाइनल पुग्ने सम्भावना छ। त्यसको लागि दुवै खेल जित्नुपर्ने छ।

1.3Kशेयर