थ्री स्टार आहा रारा गोल्डपको फाइनलमा

31 Jan, 2024

थ्री स्टार क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा भएको खेलमा जवालाखेल युथ क्लबलाई १–०ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो।

थ्री स्टारलाई उपाधि नजिक पु¥याउने क्रममा दिपेश घलेले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दिपेशले ७८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा थ्री स्टार फाइनल पुग्यो।

पाँच पटकको च्याम्पियन थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी र चर्च बोइजबीचको विजेतासँग खेल्ने छ। फाइलन शनिबार हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]