इरान र कतार एसियन कपको सेमिफाइनलमा, जापान बाहिरियो

4 Feb, 2024

इरान र कतार एसियन कपको सेमिफाइनलमा पुगेका छन्। शनिबार भएको खेलमा इरानले जापान र कतारले उज्वेकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए।

इन्जुरी समयमा प्राप्त पेनाल्टीमद्दतमा इरानले जापनलाई २–१ले हरायो। खेलमा अग्रता भने जापानले लिएको थियो।

हिडेमासा मोरिटाले २८औं मिनेटमाले गोल गर्दै जापानलाई अग्रता दिलाए। ५५औं मिनेटमा मोहम्मद मोहबीले इरानका लागि बराबरी गोल गरे। इन्जुरी समयको छैठौं मिनेटमा अलिरेजा जहानबाखसले गोल गर्दै टिमलाई सेमिफाइनलमा पु¥याए।

यता, अर्को खेलमा कतारले इरानलाई पेनाल्टी सटआउटमा ३–२ले हरायो। निर्धारित समय र थप गरिएको समयमा खेल १–१को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो।

पेनाल्टीमा कतारका किपरले ३ पेनाल्टी बचाउँदै घरेलु टोलीलाई सेमिमा पु¥याए। कतारका पेड्रो मिगुइल, सुल्तान अल ब्राक र अक्रम अफिफले गोल गर्दा अल्मोइज अलीको प्रहार उज्वेकिस्तानका गोलपिकरले बचाएका थिए भने अलमहदी अली मुख्तारको प्रहार बाहिरिएको थियो।

उज्वेकिस्तानका सोखबोज उमारोव र ओतावेक सुकुरोवले मात्र गोल गरे। रुस्तामजोन अस्हुर्मातोव, जफामुरोद अब्दुराहमातोव र जलोलिद्दिन मसारिपोवको प्रहार कतारको गोलकिपरले बताएका थिए।

अब सेमिफाइनलमा कतारले जोर्डन र इरानले दक्षिण कोरियासँग खेल्नेछन्।